Logo
Logo

प्रेम अस्वीकार गरेको भन्दै एसिड प्रहार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० भदौ ।
वीरगंज महानगरपालिका–३ बस्ने १५ वर्षीया किशोरीलाई एसिड प्रहार गरी घाइते बनाएको अभियोगमा वीरगंज महानगरपालिका२ छप्कैया बस्ने सम्साद मियालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।


वीरगंज महानगरपालिका(६ गणेशमान चोकमा सम्साद मिया र सोही महानगरपालिका(२ छप्कैया बस्ने माजिद आलमले कक्षा ९ मा अध्ययनरत ती किशोरीलाई एसिड प्रहार गरी घाइते बनाई फरार भएको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले एसिड प्रहार गर्नेमध्ये सम्साद मियालाई पक्राउ गरेको हो । एसिड प्रहारबाट घाइते भएकी बालिकालाई उपचारको लागि नारायणी अस्पताल वीरगंज लगिएकोमा थप उपचारको लागि कीर्तिपुर अस्पताल काठमाडौं रिफर गरिएको छ ।
फरार माजिद आलमको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्