Logo
Logo

कस्तो छ प्रधानमन्त्री ओलीको स्वास्थ्य ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० भदौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना नियमित कामलाई निरन्तरता दिन सक्ने उनका निजी चिकित्सकले बताएका छन्। भदौ ५ गते उपचार गराउन सिंगापुर गएका प्रधानमन्त्री ओली आज स्वदेश फर्किए लगत्तै निजी चिकित्सक डा. दिव्या सिंह शाहले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको बताएकी छन्।

उनका अनुसार सिंगापुरको नेशनल युनिभर्सिटी अस्पताल (एनयुएच) मा शरिरमा बढी मात्रामा रहेको ’एन्टीवडी’लाई वैज्ञानिक प्रविधिबाट हटाउने प्रक्रिया पुरा भएको छ।
२०६४ सालमा मृगौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओली यस अघि साउन १८ मा पनि उपचारको लागि सिंगापुर पुगेका थिए।
शुक्रबार स्वदेश फर्किएसँगै उनी भेटघाटमा व्यस्त हुन थालेका छन् । तर अझै आराम गर्नुपर्ने आवश्यकता औल्याइएको स्रोत बताउँछ । ‘एन्टीवडी’लाई वैज्ञानिक प्रविधिबाट हटाउने प्रक्रिया पुरा भएपनि त्यसको प्रभाव कस्तो भयो भन्ने केही दिनपछि मात्र थाहा हुने छ ।

प्रतिक्रिया दिनुहोस्