Logo
Logo

स्याङ्जा-२ र बाजुराको मतगणना गर्न कांग्रेसको माग



काठमाडौं । नेपाली कांग्रेसले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुराको मतगणना गर्न निर्वाचन आयोगलाई माग गरेको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति तथा स्याङ्जा–२ मा कांग्रेसको तर्फबाट उम्मेदवार धनराज गुरुङ, नेता प्रदीप पौडेललगायतको टोली आज मंगलबार निर्वाचन आयोग पुगेर स्याङ्जा–२ को मतगणना शुरु गर्न आग्रह गरेका हुन् । त्यस्तै बाजुराको पनि मतगणना गर्न आग्रह गरिएको छ ।

कांग्रेस नेताहरूले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरूलाई भेटेर मतगणना शुरु गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएका छन् । चुनावको समय अवधिभर कुनै पनि घटना नघटेको जिकिर गर्दै वरिष्ठ नेता पौडेलले तुरुन्त मतगणना गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्