Logo
Logo

निर्वाचनको हारको नैतिक जिम्मेवारी लिन्छु : कमल थापा



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले निर्वाचनको हारको नैतिक जिम्मा आफूले लिने बताएका छन् ।मंगलबार बसेको केन्द्रीय सचिवालयको बैठकमा उनले यो निर्वाचनको हारको नैतिक जिम्मा आफूले लिने बताएका हुन् ।

बैठकले निर्वाचनको परिणाम निराशाजनक भएको निष्कर्ष निकालेको छ । पार्टी पुनर्जागृत भएको वर्ष दिन नपुग्दै निर्वाचनमा जानु परेकाले पनि सोचेजस्तो परिणाम नआएको उनले बताए ।

थापा स्वयंम मकवानपुर क्षेत्र नम्बर १ मा एमालेको चुनाव चिह्न लिएर लड्दा समेत पराजित भएका थिए । अरु उम्मेदवारले उल्लेख्य मत समेत ल्याउन सकेनन् भने प्रदेश र प्रतिनिधिसभामा समानुपातिकतर्फ पनि सिट पाउने अवस्था छैन ।

प्रतिक्रिया दिनुहोस्