Logo
Logo

हारेपछि उपेन्द्रले दिए चुनावी समीक्षा गरी प्रतिवेदन बुझाउन निर्देशन



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले आम निर्वाचन २०७९ को समिक्षा गरि प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको समीक्षा गरी प्रतिवेदन बुझाउन प्रदेश तथा जिल्ला समन्वय समितिलाई निर्देशन दिएका हुन् ।

मंसिर ४ गते सम्पन्न चुनावमा पार्टी अध्यक्ष यादव स्वयं आफै पराजित भएका छन् भने अन्य क्षेत्रमा पनि अपेक्षाकृत परिणाम आउन सकेन । त्यसलगतै उनले पार्टीमा चुनावी समीक्षा गरी १५ दिनभित्र केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझाउन निर्देशन दिएका हुन् ।

समानुपातिक र प्रत्यक्ष उम्मेदवारको भूमिका, निर्वाचन बखत भए गरेका सकारात्मक तथा नकारात्मक कार्य र पार्टीभित्र देखापरेका कमी कमजोरीको समेत समीक्षा गरी यथाशिघ्र निर्वाचन क्षेत्र स्तरीय र जिल्लास्तरीय समितिहरुको बैठक बसेर चुनावी समीक्षा गर्न उनले निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्