Logo
Logo

नेपाल इन्भेष्टमेन्टले छैटौँपटक पायो ‘बैंक अफ द इयर’ अवार्ड



काठमाडौं । वाणिज्य बैंकहरुमध्ये नेपाल इन्भेष्टमेण्ट बैंक (एनआइबिएल) उत्कृष्ट बैंक बन्न सफल भएको छ । एनआइबिएल सन् २०२२ को लागि नेपालकै ‘उत्कृष्ट बैंक’ छनोट भएको हो ।

बेलायतस्थित फाइनान्सियल टाइम्सले बैंकले उत्कृष्ट बैंक घोषणा गरी ‘बैंक अफ द इयर २०२२’ अवार्ड प्रदान गरेको हो । उक्त अवार्ड बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले ग्रहण गरेका हुन् । डिसेम्बर १, २०२२ बिहीबार बेलायतको लण्डनमा आयोजित अवार्ड समारोहमा सो अवार्ड वितरण गरिएको थियो ।

योसहित बैंकले दुई दशकमा छैटौँपटक ‘बैंक अफ द इयर’ अवार्ड पाइसकेको छ । बैंकले अन्तर्राष्ट्रिय प्रकाशन–युरोमनीबाट ‘बेस्ट बैंक २०१८’ र ‘बेस्ट बैंक २०२१’ को लागि युरोमनी अवार्डहरू पनि प्राप्त गरेको छ । यससँगै नेपालमा सबैभन्दा धेरै बैंकर अवार्ड जित्नेमा बैंकमा एनआइबिएल चिनिएको छ ।

एनआइबिएलले नेपालको वित्तीय क्षेत्र र समाजमा गरेको महत्वपूर्ण योगदानको प्रमाण हो । यसले विकास र दिगोपनतर्फ लाग्ने बैंकहरूको समर्पणलाई पनि हाइलाइट गर्दछ जसले हामीलाई यो प्रतिष्ठित पुरस्कार बारम्बार प्राप्त गर्न मद्दत गरेको बैंकले जनाएको छ ।

बैंकको स्थिर वृद्धि र कार्यसम्पादन रणनीतिक पहल र प्राविधिक प्रगतिको परिणाम हो जसले बैंकलाई आफ्ना प्रतिस्पर्धीहरूभन्दा प्रतिस्पर्धात्मक लाभ दिएको छ । बैंकले आफ्ना बृहत् ग्राहकलाई बजारमा माथि उठाउनका लागि नवीन उत्पादन तथा सेवाहरू पनि उपलब्ध गराएको छ ।

बैंकले ग्रामीण क्षेत्रको जीवनस्तरमा सुधार गर्दै न्यून ब्याजबाट बञ्चित क्षेत्र कर्जा उत्पादनहरू उपलब्ध गराई समाजका पिछडिएका वर्गहरूलाई वित्तीय पहुँच र समावेशीकरणमा निरन्तर ध्यान केन्द्रित गरेको छ । त्यस्तै बैंकले विभिन्न ग्रामीण जनसंख्यालाई बैंकिङ सेवाहरूमा पहुँच सशक्तीकरण गर्दै वित्तीय सचेतना र तालिम कार्यक्रमहरू पनि प्रदान गरेको छ ।

एनआइबिएलले ८८ शाखा, १३३ एटिएम, २२ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ६० ग्रामीण शाखारहित बैंकिङ काउन्टरबाट १० लाखभन्दा बढी ग्राहकहरूलाई सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्