Logo
Logo

टुसा उम्रिएको र हरियो आलु खानुहुन्छ ? थाहा पाउनुस् बेफाइदा



काठमाडाैं । आलु, जो तपाईरहाम्रो भान्सामा हरेक छाक पाक्छ । यस्तो लाग्छ, तरकारी भनेकै आलु हो । आलुको अनेक परिकार बन्छ । हरेक सागसब्जीमा आलु मिलाउन सकिन्छ । तर, हाम्रो स्वादिलो तरकारी आलु विषाक्त त छैन ?

पर्याप्त मात्रामा कार्वोहाइड्रेट र फाइबर पाइने आलुमा भिटामिन सी, भिटामीन बी, पोटासियम र म्यानगनिजको पनि राम्रो स्रोत हो । भुटेर, तारेर, पकाएर, उसिनेर वा पोलेर जसरी पनि खान मिल्ने आलुको सेवन गर्दा धेरै क्लालोरी उर्जा प्राप्त गर्न सकिन्छ ।

तर, आलुको सेवन गर्दा हामी विशेष ध्यान राख्नुपर्ने हुन्छ होइन भने यसले हाम्रो स्वास्थ्यमा हानी गर्न पनि सक्छ । आलुको मुलरुपमा परिवर्तन आएको छ भने त्यस्तो आलु खानु हुँदैन ।

विशेषगरी केही भागमा हरियो भएको आलु खान हुँदैन । माटोमुनि फल्ने आलु यसै पनि हल्का माटो युक्त हुने हुनाले राम्रोसँग धोएपछि मात्रै यसको रंग देख्न सकिन्छ ।

आलु धेरै दिनसम्म राखे त्यसबाट टुसा उम्रिन थाल्छ । टुसा उम्रेको आलु खानेबारे धेरै चर्चा पनि हुने गर्छ । कतिपय मानिसहरु यसलाई खाँदा पाचन सम्बन्धी समस्या हुने विश्वास गर्छन् भने कोही महिलाहरुले आलुको टुसा हटाएर प्रयोग गर्ने गर्छन् ।

तर, टुसा उम्रिएको आलु स्वास्थ्यका लागि राम्रो होइन । टुसा उम्रनु भनेको यो तरकारी एक रासायनिक प्रतिक्रियाबाट गुज्रिरहेको छ । यस्तो आलु खानु स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । आलुको खाल्डा भएको ठाउँबाट टुसाहरु निस्कन सुरु हुन्छन् ।

टुसा उम्रिँदा आलुमा पाइने कार्बोहाइड्रेट स्टार्च सुगरमा परिवर्तन हुन थाल्छन् जसका कारण आलु निकै नरम हुन्छन् । यो प्रक्रिया सोलानिन र अलफा–केकोनिन नामका दुईै अल्कलाइडको सम्मिश्रणकाम कारण बन्ने गर्छ । सेलोनिनलाई विषाक्त मानिन्छ।

हल्का हरियो रङको आलु पनि खानु हुँदैन । आलुको तरकारी बनाउनु अघि, हरियो भाग काटेर अलग गर्नुपर्छ । हरियो आलु खाँदा पनि फूड पोइजनिङ हुनसक्छ। आलु खन्ने बेलामा नै यसमा टुसा उम्रिएको छ भने टुसा हटाएर खान सकिन्छ । अध्ययनका अनुसार यतिबेला आलुको तरकारीमा धेरै पोषक तत्व हुन्छ। तर यदि आलु धेरै दिनसम्म राखिएके छ, त्यो चाउरी परेको छ भने त्यसलाई फ्याँक्नु नै राम्रो हुन्छ ।

आलुले ब्लड सुगर बढाउँछ
नेशनल क्यापिटल पोइजन सेन्टरको रिपोर्ट अनुसार टुसा उम्रेको आलु फ्याँक्दा नै राम्रो हुन्छ। धेरैजसो घरमा आलु एकैपटक किन्ने गरिन्छ।

फलस्वरुप केही दिनपछि नै यसमा टुसा उम्रिन सुरु हुन्छ तर मानिसहरु यसलाई नजरअन्दाज गर्दै यो प्रयोग गर्ने गर्छन्। यो टुसा उम्रेको आलु स्वास्थ्यका लागि फाइदाजनक छ वा हानिकारक भनेर कहिल्यै सोच्नुभएको छ ?

यसमा नेशनल क्यापिटल पोइजन सेन्टरले घरमा भएको आलु टुसा उम्रिएको छ भने यसलाई फ्याँक्नु नै राम्रो हुन्छ। यस्ता आलु स्वास्थ्यका लागि राम्रो हुँदैनन्। टुसा उम्रिएको आलु विषालु हुन्छन्। नेशनल क्यापिटल पोइजन सेन्टरको रिपोर्ट अनुसार आलुमा प्राकृतिक रुपमा केही विषालु तत्व जस्तै सोलेनिन र चाकोनाइन हुन्छ तर यो निकै कम मात्रामा पाइने गर्छन्।

तर यसको बिरुवा पा पातमा यो अतयधिक मात्रामा हुन्छन् त्यसैले आलु टुसा उम्रिन सुरु हुने बित्तिकै यसमा दुबै विषालु तत्वको मात्रा बढ्न थाल्छ। त्यसैले यस्ता आलुलाई कुनै पनि रुपमा खाँदा शरीरमा ती तत्व प्रवेश गर्ने गर्छन्। रिपोर्टका अनुसार एक वा दुई पटक यस्ता आलु खाँदा शरीरलाई खासै हानी नभएपनि लगातार यस्तो आलु खाँदा विभिन्न स्वास्थ्य समस्या देखिन थाल्छन्, विशेषगरी पेटसँग सम्बन्धित।

यस्ता लक्षण देखिन सक्छन्
रिपोर्टका अनुसार यदि आलुको विषाक्त तत्व शरीरमा अत्यधिक मात्रामा पुग्न थाल्यो भने धेरै प्रकारका लक्षणहरू देखा पर्छन्। जस्तै बान्ता हुने, पखाला लाग्ने र पेट दुख्ने। कतिपयमा यसका लक्षणहरू हल्का हुन्छन् भने कतिपयमा यी लक्षणहरूले गम्भीर रूप लिन सक्छन्। गम्भीर अवस्थामा, निम्न रक्तचाप, ज्वरो र टाउको दुखाइ जस्ता लक्षणहरू देखा पर्छन्। यसलाई समयमै रोकिएन भने मृत्यु पनि हुन सक्छ। त्यसैले सतर्क रहनुहोस्।

प्रतिक्रिया दिनुहोस्