Logo
Logo

बजार अनुगमन गर्ने निकायमा भ्रष्टाचार, दुई नासु पक्राउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २२ भदौ ।
अख्तियार दुरुपयोग अनुसन्धान बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल काठमाडौका नायव सुब्बा पुरूषोत्तम पोखरेलले सहजकर्ता (कर सहयोगी) केदारप्रसाद न्यौपानेलाई पक्राउ गरेको छ । पूजी बृद्धि तथा शाखा विस्तारको लागि .१,०००।–(एक हजार) घुस रिसवत रकम लिदै दिदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले निजहरू नायव सुब्बा पुरूषोत्तम पोखरेल र कर सहयोगी (सहजकर्ता ) केदार प्रसाद न्यौपानेलाई बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहल, काठमाडौको कार्यालय परिसरबाट पक्राउ गरेको हो ।
सो विभागका कर्मचारीहरु पटक पटक पक्राउ परिसकेका छन् ।

त्यस्तै असई श्याम माझि काठमाडौंबाट सिन्धुली हुँदै बाहिरिने सवारी साधनलाई सात बजे भन्दा पछि केही समय ढिला भएमा सिन्धुलीतर्फ जान दिने भनी सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले  शनिबार घुससहित उनको कार्यालयबाटै पक्राउ गरेको छ ।
सात बजेपछि चल्नका लागि भनेर ट्राफिक प्रहरीले खुलेआम घुस लिने गरेको उजुरीपछि अख्तियारले स्टिङ अप्रेसन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्