
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज (आइतबार) राउण्ड अफ १६ (नकआउट चरण)का दुई खेलहरु हुँदैछन् ।
अल थुमामा स्टेडियममा आइतबार हुने पहिलो खेलमा फ्रान्स र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । साविक विजेता फ्रान्स र पोल्याण्डबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ । आज दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् ।
अर्को खेलमा इंग्ल्यान्ड र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । अल बयात स्टेडियममा हुने इंग्ल्यान्ड र सेगेनलबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । आज इंग्ल्यान्ड र सेनेगल जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छ ।














