Logo
Logo

समानुपातिकतर्फ कुन दलको मत कति ?



काठमाडौं । देशका अधिकांश क्षेत्रको मत गणना सकिँदा समानुपातिकतर्फ नेकपा एमाले पहिलो दल बनेको छ । एक करोड ४ लाख २० हजार १२५ मत गनिँदा एमालेले २७ लाख ८८ हजार ३५६ मत पाएको छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५६ सिट जितेर पहिलो बनेको नेपाली कांग्रेस समानुपातिकमा दोस्रो दल बनेको छ । कांग्रेसले २६ लाख ६० हजार २४६ मत पाएको छ । त्यस्तै एघार लाख ६२ हजार १२४ मतसहित नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी ११ लाख २४ हजार ५४३ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८६ हजार ६३८ मत पाएको छ ।
यसै निर्वाचनबाट उदाएको जनमत पार्टीले तीन लाख ९४ हजार ५२३ मत ल्याएको छ ।

नेकपा एकीकृत समाजवादीले भने थ्रेसहोल्ड नकटाउने निश्चित भएको छ । बाँकी रहेका दोलखा र बाजुराको मतगणनासमेत अन्तिम चरणमा पुगेका बेला नेकपा एसले मात्र दुई लाख ९४ हजार ३६२ मत पाएको छ ।

प्रतिक्रिया दिनुहोस्