Logo
Logo

बाजुरामा बद्रीको लगातार अग्रता, ३७७८ मतले पछि परे कर्ण



बाजुरा । एकमात्र निर्वाचन क्षेत्र रहेको बाजुरामा जारी मतगणना नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले लगातार अग्रता लिएका छन् ।

आइतबार बिहान ७ बजेसम्म गरिएको मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार पाण्डेले ३ हजार ७७८ मतान्तरले अग्रता लिएका हुन् ।

पाण्डेले २६ हजार ९६८ मत प्राप्त गरेका छन् भने उनका निककटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २३ हजार ५ सय ८० मत पाएका छन्।

राप्रपाका उम्मेदवार जंगकुमार गिरीले १६६ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ९३ मत ल्याएका छन्। प्रदेशसभा (क) मा भने एकीकृत समाजवादीका उम्मेदवार अरेशकुमार शाही निर्वाचित भइसकेका छन् ।

बाजुरामा मतगणना अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्