
काठमाडौं । युनाईटेड इदी मर्दी एन्ड आरबि हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीहरूलाई १०.५२६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समितिले मंसिर २८ गते हुने वार्षिक साधारणसभामा यस्तो प्रस्ताव लैजाने भएको हो ।
गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १०.५२६ प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव गरिएको कम्पनीले जानकारी दिएको छ । मंसिर १५ गतेसम्म कारोबार भई सेयर नामसारी भएर कायम भएका सेयरधनीहरूले मात्रै साधारणसभामा भाग लिन पाउने उल्लेख छ ।











