Logo
Logo

पुत्रमोहमा परी मन्त्रीद्वारा विवादित ब्यक्ति पुरस्कृत


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । स्वास्थ्य मन्त्री उपेन्द्र यादवले भ्रष्टाचारमा विवादित डा. सुरेन्द्र चौरसियालाई पुरस्कृत गरेका छन् । मन्त्री यादवका छोरा दिपेश यादवको डिजाइनमा उपकरण खरिददेखि जीवनजल खरिदमा अनियमिततामा मुछिएका डा चौरसिया समायोजनमा ब्यवस्थापन महाशाखा अन्तर्गत पूर्वाधार शाखामा पदस्थापन भएका थिए । तर पदस्थापन भएको शाखामा नगई साविककै आपूर्ति शाखामा काजमा गएका छन् ।

उपेन्द्र यादव, डा. सुरेन्द्र चौरसिया र दिपेश यादव(अमरेन्द्र)

आपूर्ति शाखामा खटिएका कृष्णबहादुर चन्दलाई पूर्वाधार महाशाखामा सरुवा गरिएको छ । जबकि समायोजन भएको २ बर्षसम्म जहाँ पदस्थापन भएको हो, त्यहाँ काम गर्नुपर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले नै भन्दैआएका छन् । र, खटाएको ठाउँमा नजानेलाई बर्खास्तै गर्ने चेतावनी दिएका थिए । तर मन्त्री र उनका छोरालाई प्रभावमा पारी डा. चौरसिया पदस्थापन भएको शाखामा नगई खरिदमा घुस खानका लागि आपूर्ति शाखामा काज मिलाएर गएका छन् ।

नेकपालाई कम्युनिष्ट होइन, कमाउनिष्ट भन्दै चर्का भाषण गर्ने मन्त्री उपेन्द्र यादवले नै चौरसिया जस्ता बदनाम र अख्तियार दुरुपयोग अनुसन्धान अयाोगलेृ छानबिन गरिरहेका चौरसियालाई आपूर्तिमा काजमा लगेका छन् । चौरसियालाई काजमा आपूर्तिमा लग्नुको उद्देश्य औषधिदेखि उपकरण खरिदमा भ्रष्टाचार गरी कमाउने नै हो, स्वास्थ्य मन्त्रालयका अधिकारी भन्छन्, डा. चौरसिया नीतिगत भ्रष्टाचार गर्न सिपालु भएकाले उनलाई आपूर्ति शाखामा सरुवा गरिएको हो । उनका बिरुद्ध अख्तियारमा धेरै उजुरी परेका छन् । उनीमाथि काभ्रे र सिन्धुलीको जनस्वास्थ्य प्रमुख हुँदा महिलामाथि दुब्यर्वहार गरेको आरोप लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्