Logo
Logo

सिन्धुलीको फिक्कल गापामा प्राइम बैंकको शाखा



काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आज सिन्धुलीको फिक्कल गाउँपालिकामा आफ्नो शाखा संजाल बिस्तारको गरेको छ । फिक्कल शाखाको सञ्चालन पछि बंैकको शाखा कार्यालय संख्या ७२ पुगेको छ ।

स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीको उपस्थितिमा एक समारोहका बीच फिक्कल गाँउपालिका अध्यक्ष धनबहादुर कार्कीले शाखा कार्यालय फिक्कलको उद्घाटन गरेका छन् ।

शाखा विस्तारलाई निरन्तरता दिँदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै लगी सेवा दिन बैंक अग्रसर रहेको सिईओ नारायणदास मानन्धरले प्रतिवद्धता प्रकट गरेका छन् ।

बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्