Logo
Logo

बारको आकस्मिक बैठक बस्दै


819
Shares

काठमाडौं । संघीय संसदका महासचिवले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग ‘निष्क्रिय’ भएको पत्र दिएपछि विवाद सुरु भएको छ ।

नेपाल बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश राणालाई ‘क्लिन चिट’ दिनु असंवैधानिक भएको जनाएको छ । संघीय संसदका महासचिव भरतराज गौतमले महाअभियोग निष्क्रिय भएको भन्दै पत्र दिएपछि जबरा आजै सर्वोच्च जाने तयारीमा छन् । तर, राणालाई ‘क्लिन चिट’ दिइएपछि नेपाल बार एशोसिएसनले आकस्मिक बैठक बोलाएको छ ।

एशोसिएनका महासचिव अञ्जिता खनालले आकस्मि बैठक बस्ने र त्यसबारे निर्णय गर्ने बताए । उनले संसदको महासचिवले पत्राचार गरेको भन्ने कुरा आएको र जुन ऐन नियमविपरीत भएको बताए ।

प्रतिक्रिया दिनुहोस्