काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग निष्क्रिय भएको पत्र संसद सचिलायले दिएसँगै नेपाल बार एसोसियशनले आकस्मिक बैठक राखेको छ ।

जबरा बुधबार दिउँसो ३ बजे सर्वोच्च अदालतमा हाजिर हुने तयारीमा जुटेपछि बारले आकस्मिक बैठक राखेको हो । बैठकमा बारका काठमाडौंमा उपलब्ध पदाधिकारीहरु सहभागी छन् ।
लामो समयदेखि चोलेन्द्रविरुद्ध आन्दोलित बारको पदाधिकारी बैठकपछि अरु वकिलहरु पनि सर्वोच्च अदालतमा जम्मा हुन थालेका छन् ।














