Logo
Logo

वीर अस्पतालमा एक अर्बका उपकरण दुई वर्षदेखि थन्किए


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ भदौ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले २ बर्षअघि १ अर्ब रुपैयाँमा खरिद गरेका इन्ट्रा अपरेटिभ न्यूरो सिटी र टोमोथेरापी उपकरण संचालन हुन नसकी त्यत्तिकै थन्किएका छन् । उपकरण राख्ने ठाउँ र संचालन गर्ने पूर्वाधार तयार नै नगरी हतार हतार कमिशन खानकै लागि ती उपकरण खरिद गरिएको २ बर्षसम्म पनि संचालन गर्न नसकेपछि पुष्टी भएको छ ।

पूर्वस्वास्थ्यमन्त्री गगन थापा

तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको नाम समेत जोडिन पुगेको छ । थापा मन्त्री हूँदा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका तत्कालीन उपकुलपति डा. गणेश गुरुङ, तत्कालीन निर्देशक डा भूपेंद्र बस्नेत र खरिद एकाई प्रमुख भगवती थपलियाले उक्त मेसिन खरिद गर्ने निर्णय गरेका थिए । वीरमा ४ अर्ब बजेट ल्याउन सफल भए । तर अस्पतालको विकासका लागि खर्च गर्नेतिर भन्दा कुस्त कमिसन आउने देखेर मेडिकल माफियाको मिलेमतोमा हतार हतार न्युरो सिटी र टोमोथेरापी किन्ने निर्णय गरेका थिए ।

आर्थिक बर्षको अन्तिम दिन २०७४ असार ३१ मा ती उपकरण खरिद गर्ने निर्णय वीर अस्पतालले गरेको थियो । जुन समयमा स्वास्थ्य तथा जनसंख्यामन्त्री गगन थापा थिए । न्यूरोसिटी मेसिन २० करोडका दरले २ वटा खरिद गरिएको थियो । ४० करोडका २ वटा न्यूरोसिटी मेसिन र ४४ करोडमा किनिएको टोमोथेरापी संचालन हुन सकेका छैनन् । न्यूरोसिटी ब्रेन ट्युमरको प्रत्यक्ष रुपमा हेरेर अप्रेसन गर्ने मेसिन हो । टोमोथेरापी क्यान्सरको जरासम्म नै रेडियसन दिएर उपचार गर्ने उपकरण हो । टोमोथेरापी सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालमा थन्किएको छ । वीरमा रहेको पुरानो टोमोथेरापी उपकरण मेसिन नै नष्ट गर्न सकेको छैन । आणविकसँग सम्बन्धित टोमोथेरापी उपकरण नष्ट गर्न भारतले समेत नसकेपछि फिलिपिन्स लगेर गर्नुपर्छ । त्यसका लागि सीमा क्षेत्रका देशले स्वीकृति दिनुपर्छ । त्यो स्वीकृति लिएर उपकरण फालेपछि नयाँ खरिद गर्नुपर्नेमा कमिसनका लागि पहिले नै हतार हतार खरिद गर्दा उपकरण नै संचालन हुन सकेका छैनन् । १ अर्ब रुपैयाँका उपकरण थन्किंदा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र वीर अस्पतालले ती उपकरण संचालनको प्रयाससम्म गरेको छैन । यसरी उपकरण राख्ने ब्यवस्था नगरी कमिसनका लागि उपकरण खरिद गर्ने कार्यमा तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको नाम समेत जोडिन पुगेको छ । थापा मन्त्री हूँदा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका तत्कालीन उपकुलपति डा. गणेश गुरुङ, तत्कालीन निर्देशक डा भूपेंद्र बस्नेत र खरिद एकाई प्रमुख भगवती थपलियाले उक्त मेसिन खरिद गर्ने निर्णय गरेका थिए । वीरमा ४ अर्ब बजेट ल्याउन सफल भए । तर अस्पतालको विकासका लागि खर्च गर्नेतिर भन्दा कुस्त कमिसन आउने देखेर मेडिकल माफियाको मिलेमतोमा हतार हतार न्युरो सिटी र टोमोथेरापी किन्ने निर्णय गरेका थिए ।

आवश्यक नै नभए पनि खरिद

कमिशनका लागि वीर अस्पतालमा केसम्म हुन्छ भन्ने दृष्टान्त आवश्यक नै नभएको टोमोथेरापी खरिद गरेपछि पुष्टी भएको छ । कमिसनकै लागि एउटा न्यूरो सिटी टेन्डर गरेर दुई बटा किनिएको थियो । पछिल्लो पटक सिटी स्क्यान मेसिन खरिदमा भष्टाचार चार भएकाले छानबिन माग गर्दै उजुरी परेको छ । र, सार्वजनिक खरिद अनुगमन कार्यालय र सर्वोच्च अदालतले सिटीस्क्यान मेसिन खरिद प्रक्रिया रोकेको छ । यसरी संचालनको पूर्वाधार विना नै उपकरण खरिद गरिएपछि राष्ट्रिय सर्तकता केन्द्रले छानविन गरी खरिद प्रमुख भगवती थपलिया लगायतलाई कारबाही गर्न सिफारिस गरेको छ । यो बिषयमा अख्तियारले पनि छानबिन गरिरहेको छ । महालेखा परीक्षक कार्यालय र सार्वजनिक खरिद अनुगमनको प्रतिवेदन २०७५ ले पनि अनियमितता गरेको उल्लेख गरेको छ ।

हाल यही समूहले निर्देशक डा. केदार सेन्चुरी र उपकुलपति परिवर्तन भएपछि अन्य अनियमितताको बाटो बनाउँदैछ । कर्मचारी समायोजनमा रोजेको ठाउँमा पार्ने र पर्नेहरुले मेडिकल बोर्डमा लाग्दै नलागेको कडा रोग लागेको सिफारिस बनाउने धन्दा संचालन गरेका छन् । यो समूहले २ सय ५० बटा भन्दा बढीको नक्कली रोग लागेको सिफारिस बोर्डबाट लगिसकेको स्रोतले बताएको छ । तोकिएको दररेट अनुसार बुझाएपछि यसरी बोर्डबाट सिफारिस गराइदिने काम वीरकै अहेव शोभा गौतमले गर्दैआएको आरोप छ । उनी सिधै भन्छिन्–सामान्य प्रशासन मन्त्रालयका सचिब र उपसचिव चन्द्र फुयाललाई पनि दिनुपर्छ, स्वास्थ्यमा महेन्द्र सर (महेन्द्र श्रेष्ठ) लाई पनि दिनैप¥यो, उता म मिलाउँछु भन्दै ३ लाख उठाएर बोर्डबाट सिफारिस गराउने गरेका छन् । सिफारिश बनाइदिन्छु उनी तिनै अ हे व हुन स्वास्थ्य ब्यवसायी परिषदमा हँुदा मापदन्ड नपुगेका पारामेडिकल कलेजलाई अनुगमनको नाममा लाखांै उठाएर विवादमा परेका थिए । वीर अस्पताल लिभर ओ पी डी मा रहँदा महगो औषधि विरामीलाई किन्न लगाई उनलाई कमिसन दिने पसलमा लिन पठाउँथिन भन्ने आरोप पनि छ । अन्य पसलबाट औषधि ल्याएमा विरामीलाई हपार्थिन् र औषधि फिर्ता गर्न बाध्य पार्ने गरेकी थिइन् । हाल उनी वीर अस्पताल को कमाउ अड्डा भनेर चिनिने सामाजिक एकाई प्रमुख, बिमा प्रमुख, बिपन्न प्रमुख छन् ।

विवादित अहेवलाई सबैतिर प्रमुख दिइएको छ । एउटै ब्यक्ति त्यो पनि विवादित अ हे व हुन् उनी । हाल उनी नर्सिङ कलेज नवीकरण गर्न प्रतिकलेज ७–१० लाख उठाउ्छिन् भनिन्छ । भन्छिन्– निर्देशक र डिन मिलाउनै प¥यो, उनले ५ बटा नर्सिंङ कलेजसँग पैसा लिएर नविकरण गरिदिएकी छन् भने बिमाको बिरामीले पाउने सुविधा पनि नक्कली कागज र बिलभर्पाइ बनाई पैसा उठाउने गरेको आरोप छ । विमा गरेका बिरामीले पहिला वीर अस्पतालकै फार्मेसीबाट सबै र सस्तोमा औषधि पाउँथे भने हाल गौतम बिमा प्रमुख भएपछि अस्पताल बाहिरका निजी पसलेसँग महंगोमा किन्नुपरेको छ । अस्पताल बाहिरका पसलसँग कमिसन लिई सरकारी पसलमा औषधि सर्टेज गराएको आरोप पनि गौतममाथि लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्