Logo
Logo

कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छ : विजयकुमार गच्छदार


26.5k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पछिल्लो चुनावले राजनीतिक अस्थिरताको संकेत गरेको बताएका छन् ।

उनले कांग्रेस र नेकपा एमाले मिलेर देशलाई स्थिरता दिनुपर्ने बताए । सुनसरी क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरीसँग प्रतिनिधि सभा चुनाव हारेका गच्छदारले अस्थिरताको चिन्ता लागेकोले अब कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने बताए ।

‘कसैको पनि बहुमत आएन । अस्थिरताको चिन्ता बढेको छ। यस्तो अवस्थामा कांग्रेस र एमाले मिलेर सरकार बनाए भने म खुसी हुनेछु,’ गच्छदारले भने ।

आफू काठमाडौं फर्केपछि कांग्रेस र एमालेको सरकार बनाउन पहल थाल्ने उनले बताए । उनले प्रधानमन्त्री भने अब पनि कांग्रेस सभापति शेरबहादुर देउवा नै हुने बताएका थिए ।

‘पुस्तान्तरण प्राकृतिक कुरा हो, हुँदै जान्छ । तर अहिले सभापति शेरबहादुर देउवाजीले नचाहेसम्म पुस्तान्तरण सम्भव छैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्