Logo
Logo

पार्टी पुनर्गठनका लागि भन्दै माओवादीका युवा नेता छलफलमा


12.9k
Shares

काठमाडौं । पार्टी झनपछि झन कमजोर बनेको भन्दै नेकपा माओवादी केन्द्रका युवा नेताहरुले छलफल थालेका छन् । पछिल्लो चुनावी परिणामले आफूहरु चिन्तित भएर पार्टी रुपान्तर र पुनर्गठनका लागि जुटेको उनीहरुले बताएका छन् ।

माओवादी केन्द्रका युवा केन्द्रीय सदस्यहरु लेखनाथ न्यौपाने, हिमाल शर्मा, रामप्रसाद सापकोटा ‘दीपशिखा’, रामदीप आचार्य, डिपी ढकाल, रन्जित तामाङ लगायतको पहलमा छलफल सुरु भएको हो ।

बिहीबार भृकुटी मण्डपस्थित रत्नराज्य क्याम्पसमा औपचारिक छलफलमा जुट्नुअघि उनीहरु अनौपचारिक छलफलमा समेत बसेका थिए ।

छलफलमा सहभागी वाईसीएल इन्चार्ज समेत रहेका दीपशिखाले पार्टीको जनवर्गीय संगठनका प्रतिनिधिहरुको सुझाव लिने काम भएको बताए । ‘यो गुट रहित, कमिटीरहित छलफल हो,’ उनले भने, ‘माओवादीको रुपान्तरणबारे छलफल भयो ।’

छलफलमा जनवर्गीय संगठनकातर्फबाट जनसांस्कृति महासंघका अध्यक्ष मात्रिका पोखरेल, वाईसीएल उपाध्यक्ष सकम गुरुङ, दलित मुक्तिमोर्चाका अध्यक्ष र किसान महासंघका महासचिव सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्