Logo
Logo

नेपालमा भ्रष्टाचारको अवस्था चिन्ताजनक


1.3k
Shares

काठमाडौं । नेपाल भ्रष्टाचार हुने विश्वकै उच्च मुलुकमा दर्ज भएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको जनाएअनुसार नेपालले भ्रष्टचार नियन्त्रणको सूचक मापनमा एक सयमा ३२ अंकमात्रै पाएको छ ।

शुक्रबार अख्तियार दुरुपयोग अनुसनधन आयोगको कार्यालयमा आयोजित कार्यक्रम्ममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालकी अधयक्ष मद्यिनी प्रधानाङ्गले नेपालले भ्रष्टचार नियन्त्रणको सूचक मापनमा एक सयमा ३२ अंकमात्रै पाएको जानकारी दिएकी हुन् । उनका अनुसार ५० अंकभन्दा कम पाउने मुलुक आफैँमा उच्च भ्रष्टाचार हुनेमा दर्ज हुन्छ ।

जसका कारण नेपालमा भ्रष्टाचार चिन्ताजनक अवस्थामा रहेको ट्रान्सपरेन्सी नेपालले जनाएको छ । नेपालको भ्रष्टाचार नियन्त्रणको पछिल्लो सूचक अब आउने क्रममा पनि उस्तै रहेको प्रधानाङ्गको भनाइ छ । यस्ता सूचकले आमनेपालीको मन दुख्ने गरेकाले भ्रष्टाचार नियन्त्रण गर्न सरकारले विशेष ध्यान दिनुपर्ने उनले बताएकी छ्न ।

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रणका लागि सरकार प्रतिवद्ध रहेको बताए । भ्रष्टाचार नियन्त्रणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक र उपचारात्मक तीनवटै उपायहरुलाई सँगसँगै कार्यान्वयनमा उतार्न आवश्यक रहेको उनको भनाइ छ ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग, न्यायिक निकायहरु लगायतका निकायहरुको संस्थागत सुदृढीकरण, अनुसन्धान पद्धतिमा निरन्तर सुधार तथा न्याय निरुपणमा संवेदनशीलता जस्ता पक्षमा पनि गम्भीरतापूर्वक ध्यान दिन जरुरी छ’ प्रधानमन्त्री देउवाले भने ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार बहुआयामिक र जटिल विषय बनेको भन्दै उनले यसको रोकथामका लागि सबैको सहज हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्