Logo
Logo

रेशम चौधरीलाई रिहा गरे नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी हुने


3.3k
Shares

काठमाडौं । सरकारमा सहभागी हुन नागरिक उन्मुक्ति पार्टीले सर्त राखेको छ ।

शुक्रबार अपराह्न काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले रेशमलाल चौधरीलगायत जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाइ गरे सरकारमा सहभागी हुन सकिने निर्णय गरेको हो ।

रेशमसहितका नेताहरूलाई जेलबाट रिहाइ गरे आफूहरू सरकारमा सहभागी भई राष्ट्र निर्माणको अभियानमा सहभागी हुने निर्णय भएको पार्टीका महासचिव रतन थापाले जानकारी दिए ।

पार्टी अध्यक्ष रन्जिता श्रेष्ठसहित नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ तीन सिट जितेको छ ।

डिल्लीबजार कारागारमा रहेका चौधरीले गत पुषमा श्रीमती श्रेष्ठ रञ्जिताको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए ।

आफ्नै अध्यक्षतामा उक्त पार्टी गठन गर्न सम्भव नभएपछि चौधरीले आफ्नी श्रीमतीको नाममा पार्टी गठन गरेका थिए ।

चौधरी टीकापुर घटनामा एसएसपी लक्ष्मण न्यौपानेसहितको हत्या आरोपमा जेलमा छन् ।

प्रतिक्रिया दिनुहोस्