Logo
Logo

विश्वकप : क्रोएसिया सेमिफाइनलमा, ब्राजिल बाहिरियो



काठमाडौं । गोलकिपर डोमिनिक लिभाकोभिचले लगातार पेनाल्टी सुट आउटमा चम्किएपछि क्रोएसिया कतार फिफा विश्वकप २०२२ को सेमिफाइनलमा स्थान बनाएको छ ।

शुक्रबार राती भएको क्वाटरफाइनलको पहिलो खेलमा क्रोएसियाले पाँच पटकको पूर्व विजेता ब्राजिललाई ४–२ ले हराउँदै अन्तिम चार पुग्न सफल भएको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएको खेलको अतिरिक्त समयमा दुवै टोलीले एक–एक गोल गरेका थिए । यसपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

लिभाकोभिचले ब्राजिलका रोड्रिगोको प्रहार रोकेका थिए । यसैगरी मार्किन्होले प्रहार गरेको बल पोलमा ठोकिएको थियो । ब्राजिलको लागि कासेमिरो र पेड्रोले गोल गरेका थिए ।

क्रोएसियाका तर्फबाट निकोला भ्लासिच, लेभ्रो मायर, कप्तान लुका मोडरिच र मिस्लाभ ओर्सिचले पेनाल्टीमा गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्