Logo
Logo

समानुपातिक सांसद चयन गर्न एमालेको सचिवालय बैठक बस्दै


1.3k
Shares

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी कार्यालय च्यासलमा बिहान ११ बजे बस्ने बैठकले समानुपातिक सांसद चयन गर्नेछ ।

एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको बताए । उनकाअनुसार बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल हुनेछ।

एमालेले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४ सिट जितेको छ । समानुपातिकतर्फ जितेका ३४ सिटमा समावेशी सिद्धान्तअनुसार मिल्ने गरी सांसद चयन गर्ने पार्टीको तयारी छ ।

निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम तीन दिनभित्र दलहरूलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्