Logo
Logo

प्रधानमन्त्री ओली शिक्षण अस्पताल पुगेर निकाले ‘क्याथलेटर’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ भदौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको घाँटीमा राखिएको ‘क्याथेटर’ पाइप निकालिएको छ । शिक्षण अस्पतालको मनमोहन कार्डिओथोरासिक, भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा बुधबार बिहान पुगेका ओलीको घाँटीमा राखिएको पाइप निकालिएको हो ।


उपचारमा संलग्न चिकित्सकका अनुसार अहिले उनको स्वास्थ्य अवस्था सुधरोत्नमुख देखिएको छ । मिर्गाैलासम्बन्धि एन्टिबडी बढेपछि उपचारका लागि ओली भदौ ५ गते सिंगापुर गएका थिए ।
सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उनको प्लाज्मा फेरिसिस प्रक्रियामार्फत उपचार गराइएको थियो । प्लाज्मा फेरिसिसको क्याथेटर घाँटीमा राखिएको थियो । प्रधानमन्त्री ओली अझै पूर्ण रुपमा फिट भइसकेका छैनन् । उनी बालुवाटारमै आराम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्