Logo
Logo

सरकारलाई आत्मसमीक्षा गर्दै अघि बढ्न नेपालको सुझाव


504
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारलाई आत्मसमीक्षा गर्दै अघि बढ्न आग्रह गरेका छन् । साथै, अध्यक्ष नेपालले तीनवटै तहको सरकार मिलेर अघि बढे संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले समाप्त पार्न नसक्ने बताए ।

आइतबार गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कसैलाई दोष नदिई आफ्नो कमिकमजोरी हटाएर अघि बढ्न सरकारलाई सुझाव दिए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले भने, ‘सरकारले आफूलाई समिक्षा गर्दै अघि बढ्नुपर्दछ । एकले अर्कालाई दोष दिएर मुलुक अघि बढ्न सक्दैन । गणतन्त्रलाई कसैले पनि समाप्त पार्न सक्दैन ।’

उनले संविधानले प्रदत्त गरेको अधिकार जनताले उपयोग गर्न पाउनुपर्ने भन्दै सबै पालिकामा जनताले के के न्यूनतम सुविधा पाउनुपर्ने हो, त्यो सबैले मनन गर्न जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्