काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रदेशसभातर्फ समानुपातिक सांसद चयन गरी निर्वाचन आयोगमा सूची पेश गरेको छ ।
अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा शनिबार बसेको स्थायी समितिको पूर्ण बैठकले समानुपातिकको प्रदेशसभा सांसद चयन गरेको हो । जसअनुसार प्रदेश १ बाट विद्या चाम्लिङ राई सिफारिस भएकी छन् भने मधेस प्रदेशबाट रत्नेश्वर गोइत यादव, किशोरी देवी र लक्ष्मी देवीको नाम आयोगमा पठाइएको हो ।
यस्तै, बागमती प्रदेशबाट मायादेवी शर्मा र ओमकुमारी श्रेष्ठलाई प्रदेश सांसद बनाइएको छ । लुम्बिनीबाट भगवती अधिकारीको नाम सिफारिस गरिएको हो । कर्णालीबाट कल्याणी खड्का र सुदूरपश्चिमबाट माया पन्तलाई प्रदेश सांसद बनाइएको छ ।















