Logo
Logo

डिशहोमको ‘एक वर्षमा २४ महिना’ अफरमार्फत दीपाले जितिन् एक लाख रुपैयाँ


567
Shares

काठमाडौं । अबदेखि एक वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने भएको छ । यो योजनाअन्तर्गत डिशहोम डिटिएचका ग्राहकले नजिकैको डिलरमार्फत फण्ड ट्रान्सफर गरी एक एक बर्षको रिचार्ज गर्न सकिन्छ । यो अफरमा सहभागी हुनेमध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद एक लाख रुपैयाँ जित्ने अवसर पाउनेछन् ।

यसै क्रममा भक्तपुर मध्यठिमी–६ का दीपा तामाङले एक लाख जितेकी छन् । स्ट्रो नेटवर्क प्रा.लि डिलर अन्र्तरगत रहेको BBHKT3-29 का Madhyapur Dishhome Shop का डिलर दाईकोमा एक वर्ष रिचार्ज गरेर दीपा तामाङले लक्की ड्रमा सहभागी हुने अवसर पाएकी थिइन् ।

डिशहोमको तर्फबाट सेल्स अफिसर हरि केसीबाट उनलाई पुरस्कार रकम हस्तान्तरण गरिएको छ । डिशहोम डिटिएचका ग्राहकले यो योजनामा सहभागी जनाई लाभ लिनु सक्ने विश्वास कम्पनीले लिएको छ ।

लक्की–ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाइलो एच.डी., सरोकार टि.भी., नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्नसकिने छ ।

प्रतिक्रिया दिनुहोस्