Logo
Logo

मेस्सीले अर्को विश्वकप नखेल्ने



काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले कतारमा जारी फिफा विश्वकपको फाइनल खेलेसँगै आफ्नो विश्वकप यात्रा सकिने बताएका छन् ।

मंगलबार राती भएको क्रोएसियाविरूद्धको खेलमा ३–० को जित निकालेर फाइनलमा पुगेपछि ३५ वर्षीय मेसीले अर्को विश्वकप नखेल्ने बताएका हुन् । उनले भनेका छन्, ‘फाइनल खेलेर मेरो विश्वकप यात्रा टुंग्याउन पाउँदा म खुसी छु ।’

अर्को विश्वकप आउन चार वर्ष बाँकी रहेको र त्यतिबेला आफूले अहिलेजस्तै खेल्न सक्छुजस्तो नलागेको मेसीले उल्लेख गरेका छन् । ‘यो यात्रालाई यसरी (फाइनल खेलेर) नै टुंग्याउनु सबैभन्दा राम्रो हो,’ उनले भनेका छन् ।

अर्जेन्टिनाले सन् १९८६ पछि विश्वकपको उपाधि उचाल्न पाएको छैन । दुई पटकको विश्व विजेता अर्जेन्टिना यसपालि तेस्रो उपाधिको नजिक आइपुगेको छ ।

प्रतिक्रिया दिनुहोस्