Logo
Logo

प्रहरीका दुवै बिधेयक पारित, एक महिनापछि समायोजन सुरु हुने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ भदौ ।
राष्ट्रिय सभाको बुधबारको बैठकले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी(कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक’ र ‘प्रहरी समायोजन विधेयक’ पारित गरेको छ ।


बैठकमा गृहमन्त्री रामबहादुर थापा (बादल)ले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक’ र ‘प्रहरी समायोजन विधेयक’माथि छलफल गर्न प्रस्ताव गरेका थिए । तर, सांसदहरूले धारणा नराखेपछि गृहमन्त्रीले विधेयक पारित गर्न प्रस्ताव राखेका थिए । प्रतिनिधिसभाले यसअघि नै ती विधेयक पारित गरिसकेको छ ।
समायोजनसम्न्धि विधेयक पारित भएसँगै अब प्रहरीमा समायोजन प्रक्रिया सुरु हुने छ । सो बिधेयक प्रमाणिकरण भएको एक महिनाभित्र गृहसचिव अध्यक्षताको संगठन तथा व्यवस्थापन सर्भेक्षणमार्फत दरबन्दी टुंगो लगाउने छ ।

बिधेयकअनुसार प्रदेशमा समायोजन हुने प्रहरीले दुई ग्रेड बढुवा पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्