Logo
Logo

कृषि विकास बैंकले २१ प्रतिशत लाभांश दिने




काठमाडौँ । कृषि विकास बैंकले आफ्ना शेयरधनीलाई २१ दशमलव पाँच प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।बैंकको सञ्चालक समितिको आज बसेको बैठकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य नाफाबाट १५ दशमलव ०५३ प्रतिशत नगद लाभांश र छ प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेको हो ।

यस्तै सरकारको हाल कायम रहेको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक छ प्रतिशतले हुने नगद लाभांश रकमसमेत प्रदान गर्ने निर्णय गरेको कम्पनी सचिव निर्मलप्रसाद उपाध्यायले जानकारी दिए । बैंकले आव २०७४/७५ मा तीन अर्ब ६७ करोड ३२ लाख रुपैयाँ वितरणयोग्य मुनाफा गरेको थियो ।
बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै शेयरधनीलाई वितरण गरिनेछ । बैंकको हाल चुक्ता पूँजी १३ अर्ब ९३ करोड २५ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्