Logo
Logo

प्रधानमन्त्रीले किन दिए गृहमन्त्रीलाई बधाई ?


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २७ भदौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीे गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई बधाई दिएका छन् । अन्तराष्ट्रिय अपराधिक गिरोहलाई पक्राउ गर्न सफल भएकोमा ओलीले थापालाई बधाई दिएका हुन् ।

गत आइतबारको मन्त्रिपरिषद्को बैठक सुरु हुनुअघि ओलीले बधाई दिएका हुन् । नेपालबाट करोडौं रकम एटिएम ह्याकिङ गरेर लैजान आएको चिनियाँ गिरोहलाई तत्कालै पक्राउ गर्न प्रहरी सफल भएको थियो । धेरै देशमा यस्ता गिरोहरु भाग्न सफल भएकोमा नेपालमा तत्कालै पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंको सक्रियताले उनी पक्राउ परेका हुन् । खासगरी परिसरका डिएसपी होमिन्द्र बोगटीको यसमा मुख्य भूमिका थियो ।
प्रधानमन्त्रीले गृहमन्त्रीलाई बधाई दिएका छन् तर यसमा संलग्न प्रहरीलाई पुरस्कृत गर्छन् कि गर्दैनन् हेर्न बाँकी छ ।

सम्बन्धित समाचारः

एक डिएसपी, जसले बढाए देशको साख

प्रतिक्रिया दिनुहोस्