Logo
Logo

साल्ट ट्रेडिङ ५७ औं वर्षमा, सेवाको क्षेत्र विस्तारै गर्दै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ भदौ ।
साल्ट ट्रेडिङ कर्पाेरेशन ५७ औं वर्षमा प्रवेश गरेको छ । शुक्रबार एक कार्यक्रम गरी कर्पाेरेशनले आफ्नो वार्षिकोत्सव मनाएको छ ।


कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले इतिहासको यति लामो समयमा निरन्तर रुपमा कर्पाेरेशनले आफ्नो उदेश्य एंव प्रतिवद्धता अनुसार आमजनतालाई सुपथ एवं सहजरुपमा गुणस्तरीय उपभोग्य वस्तुहरुका साथै उपयोगी सेवा उपलब्ध गराउँदै आएको र थप सुविधा बढाउँदै लैजाने जानकारी गराइन् ।
कर्पाेरेसनले रायायनिक मलका साथै गहुँको बिल प्रशोधन गरेर किसान समक्ष पु¥याएको छ । हेटौंडामा बन्द अवस्थामा रहेको नेपाली बनस्पती घिउ उद्योगमा स्थानीय किसानहरुबाट तोरी खरिद गरी प्रशोधित तोलीको तेल उत्पादनको तयारी भइरहेको श्रेष्ठले जानकारी गराइन् । कर्पाेरेशनको ग्यास लगायत सामानको बिक्रि बढ्दै गएको छ ।

साल्ट ट्रेडिङग सुरुमा आयोडिननुनका लागि जनतामात्र प्रसिद्ध थियो । सन् १९८५÷८६ मा नेपालामा आयो नुनको कमिले ४४.३ प्रतिशतलाई गलगाँडसम्बन्धि रोग् लाग्ने गरेको थियो । जून २००७ मा ०.४ प्रतिशतमा झरेको थियो । यसमा कर्पाेरेशनको महत्वपूर्ण योगदान छ ।
दशैं हितरलाई लक्षित गरि कर्पाेरेशनले गत २३ गतेदेखि नै सहुलियत दरमा सामानहरुको स्टल सञ्चालनमा ल्याइसकेको छ ।
वार्षिकोत्सवको अवसरमा उत्कृष्ट भएका कर्मचारीहरु जितेन्द्र कुमार साह, विमल खनाल र विष्णु केसी हेबहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कारबाट पुरस्कृत भएका छन् । ईश्वरलाल श्रेष्ठ उत्कृष्ट कर्मचारी पुरस्कारबाट उश कुमार ओझा, सुदीपसिंह रायमाझि र संजय कर्माचार्य पुरस्कृत भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि बाणिज्य मन्त्री मात्रिका यादबले उनीहरुले पुरस्कार वितरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्