Logo
Logo

बसन्तपुरमा पूर्वडिआईजीसहित ‘राजावादी’हरु पक्राउ, दुई सय कालो टिसर्ट बरामद


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ भदौ ।
राष्ट्रपतिको आगमनको क्रममा विरोध प्रदर्शनको तयारीमा रहेका २५ जनालाई प्रहरीले बसन्तपुरबाट पक्राउ गरेको छ । पूर्व डिआईजी विजय भट्टसहितको समूहलाई प्रहरीले पक्राउ गरेको हो ।


पक्राउ पर्नेहरु अधिकांश राजावादीहरु देखिएको एक प्रहरी अधिकारीले बताए । इन्द्रजात्राको अवसरमा राष्ट्रपति बिद्यादेवी भण्डारी बसन्तपुर जाँदै छिन् ।
प्रहरीले दुई सय भन्दा धेरै टिसर्ट समेत बरामद गरेको छ । कालो टिसर्ट लगाएर उनीहरुले विरोध प्रदर्शनको तयारी गरेका थिए । उनीहरुले इन्द्रजात्रामा पूर्व राजा ज्ञानेन्द्रलाई बोलाउनुपर्ने माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्