काठमाडौं, २७ भदौ ।
प्रहरी काठमाडौंका एक गुन्डालाई गोली हानेको छ । गोलढुंगामा साजन गुरुङलाई गोली हानेको हो ।

महानगरीय अपराध महाशाखाकाबाट खटिएको टोलीले उनलाई गोली हानेको स्रोत बताउँछ । गुरुङले व्यापारीलाई धम्काएको उजुरी प्रहरीमा परेको थियो ।
प्रहरीले उनीमाथि दुई राउण्ड गोली हानेको हो ।
धादिङ घर भएका साजनले काठमाडौं र धादिङमा गुण्डागर्दी गर्दै आएका थिए । साजनको साथबाट एउटा कटुवा पेस्तोल बरामद भएको प्रहरी स्रोतले बताएको छ । साजनको साथबाट कार्जन गुरुङ पनि पक्राउ परेका छन् । उनी हाल जेलमा रहेका गुन्डा नाइको समिरमानसिंह बस्नेतको समूहको भएको स्रोत बताउँछ ।












