Logo
Logo

पदबाट हट्न लागेका गृहमन्त्रीद्वारा सिडिओको सरुवा




काठमाडौं । पदबाट हट्न लागेका गृहमन्त्री बालकृष्ण खाणले विभिन्न जिल्लाका सिडिओको सरुवा गरेका छन् । बिहिबार रसुवा लगायत जिल्लाका सिडिओको सरुवा गरिएको हो । रसुवामा प्रकाशचन्द्र अधिकारी तथा म्याग्दीमा तुलसीराम पौडेललाई खटाइएको छ ।


मनाङमा सुप्रभा खनाललाई सिडिओ बनाइएको छ । मनाङका प्रजिअ रवीन्द्र प्रसाद आचार्यलाई काठमाडौँको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।


मन्त्रालयका उपसचिव बसन्त भट्टराईलाई सोलुखुम्बुको सिडिओ बनाइएको छ । सोलुखुम्बुका प्रजिअ अनिल खनाललाई इलाका उर्लाबारी प्रमुख, म्याग्दीका प्रजिअ चिरञ्जीवी रानालाई टिकनपुर इलाका प्रमुख, मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिदत्त कँडेललाई अध्यागमन कार्यालय, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा सरुवा भएको छ ।
सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरिलाई सन्धुलीको सहायक सिडिओ, टिकापुर इलाका प्रमुख पुष्कर खड्कालाई बाजुराको सिडिओ प्रमुख जिल्ला अधिकारी बाजुरा, भैरहवा विमानस्थल प्रमुख अनुप केसीलाई मुस्ताङको सिडिओमा खटाइएको छ ।


चुनाव हारेका गृहमन्त्री खाणले व्यक्तिगत स्वार्थमा यसरी सिडिओ सरुवा गरेको मन्त्रालयका एक कर्मचारी बताउँछन् । केही दिनअघि उनले प्रहरीमा पनि सरुवा गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्