Logo
Logo

काठमाडौंमा नाटकीय शैलीमा ट्याक्सी लुटपाट


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २८ भदौ
आइतबार बिहान नाटकीय शैलीमा ट्याक्सी लुटपाट भएको छ ।
बुढानिलकण्ठ नगरपालिका–१३ गाम्चापुल नजिकबाट बा.१ ज ९०४१ नम्बरको ट्याक्सी चालक काठमाडौं महाँकाल बस्ने ओखलढुङगाका ३८ वर्षीय पुर्ण बहादुर तामाङको नगद ५ हजार रुपैयाँ र एक थान मोबाइल आइतबार बिहान लुटपाट भएको हो ।


काठमाडौं सामाखुसीबाट तामाङको ट्याक्सीमा सवार अपरिचित ३ जनाले उनलाई गाम्चापुल नजिक पुर्यालई कुटपिट गरी साथमा रहेको उक्त नगद र मोबाइल लुटपाट गरी ट्याक्सी समेत लिई फरार भएका हुन् । महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले सामाखुशीमा रोकी राखेको अवस्थामा ट्याक्सी फेला पारेको छ तर लुटेराहरु फरार छन् ।

प्रतिक्रिया दिनुहोस्