Logo
Logo

चिसोबाट जोगिन के गर्ने ? यस्ता छन् उपाय



काठमाडौं । देशभर चिसो बढिरहेको छ । केही समययता बढ्दो चिसोसँगै शीतलहर र हिमपातले जनजीवन प्रभावित हुन थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिसोबाट जोगिन विभिन्न उपायहरू अपनाउन सुझाव दिएको छ ।

यस्ता छन् मन्त्रालयका सुझाव:

१. शरीरको सबै भाग ढाक्ने गरी बाक्लो तथा न्यानो लुगा लगाऔँ ।

२. कोठा न्यानो पारौँ र पर्याप्त हावा ओहोरदोहोर हुने व्यवस्था गरौँ ।

३. बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा दीर्घरोगीहरूलाई चिसोबाट बचाऔँ ।

४. आमाको दूध सेवन गर्ने शिशुहरूलाई नियमित रूपमा स्तनपान गराऔँ ।

५. तातो तथा पोषिलो झोलपदार्थहरू प्रशस्त मात्रामा सेवन गरौँ ।

६. धूमपान तथा मद्यपान नगरौँ ।

७. स्वास्थ्यसम्बन्धी कुनै समस्या जस्तै : ज्वरो आएमा, झाडापखाला लागेमा, दम बढेमा, खोकी लागेमा, घ्यारघ्यार भएमा, श्वास फेर्न कठिनाइ भएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौँ ।

८. सुत्ने कोठामा आगो, हिटर, मकल, कोइला ब्रिकेट आदि बाली झ्यालढोका बन्द गरेर कहिल्यै नसुतौँ । त्यसो गरेमा श्वास फेर्न नसकी निसासिएर मृत्यु समेत हुनसक्छ ।

९. आगो बालेको ठाउँमा बालबालिकालाई एक्लै नछोडौँ ।

प्रतिक्रिया दिनुहोस्