Logo
Logo

कति बच्ला ?



वारिपारिको खेल
रेस बाहिरको अमरेस
रेस भित्रको व्यङ्ग्य विनोद
एउटै सिक्काको पाटाहरू
कतै चुनावविहीन चुनाव
कतै चुनावभित्रको चुनाव
लगानी गर्ने प्रतिफल खोज्दै
कम्फर्टेवल हुनेहरू
राष्ट्रिय संवेदनशीलताको व्यापारमा
वसार–पसार गर्न लालायित पङ्क्ति
लमतन्न परेर प्रतिस्पर्धा गर्दा
झन कम्फर्टेवल भएको क्षण
यो पलको उज्यालोमा आल्हादित
ती अनुहारहरू देख्दा
लाग्छ अर्को जरणको लेनदेनमा
कति बच्ला ?
कति नबच्ला ?

प्रतिक्रिया दिनुहोस्