Logo
Logo

दलको नेता चयन गर्न जसपामा समिति गठन


1.4k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभातर्फ संसदीय दलको नेता चयन गर्न समिति गठन गरेको छ।

पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार जसपाले संसदीय दलको नेता चयन गर्न तीन सदस्यीय समिति गठन गरेको हो । मिथिलेश कुमार सिंहको संयोजकत्वमा गठित समितिमा अर्जुन थापा र दीपेन्द्र झा सदस्य छन्। जसपाले सकेसम्म सहमतिमै दलको नेता चयन गर्ने बताइएको छ ।

जसपा नेपालसँग ७ जना प्रत्यक्ष र ५ जना समानुपातिक गरी १२ जना सांसद रहेका छन् । संसदीय दलका नेताका लागि अशोक राई, राज किशोर यादव, रामसहाय यादव, नवलकिशोर साह आकाङ्क्षी रहेका छन् । उनीहरूको बीचमा सहमति जुटाउने प्रयास हुनेछ । नभए लोकतान्त्रिक प्रक्रियाबाट टुङ्गो लगाइने बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्