Logo
Logo

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी


2.7k
Shares

फाइल फोटो

काठमाडौं । नयाँ सरकार गठनका लागि शक्ति बाँडफाँटको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको बैठकले आगामी सरकारको नेतृत्व कसले गर्ने भन्ने टुंगो लगाउने नेताहरुले बताएका छन् ।

बहुमतसहित सरकारको नेतृत्वमा दाबी पेस गर्न राष्ट्रपतिले दिएको सात दिनको समयसीमा आज साँझ ५ बजे सकिंदै छ । त्यसअघि नै शक्ति बाँडफाँटमा सहमति खोज्न नेताहरु प्रयासरत छन् ।

सहमति खोज्ने प्रयासमा शीर्ष नेताहरुबीच वान टु वान बैठक र संयुक्त बैठक बसेर छलफल गर्दै आएका छन् । गठबन्धनको बैठकअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो।

बैठकमा सहभागी एक नेताका अनुसार गठबन्धनकै सरकार बनाउन कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरु सहमत छन् । पहिलो प्रधानमन्त्री को बन्ने भन्ने विषयमा सहमति जुटाउ शुक्रबार साझदेखी देउवा र प्रचण्ड लगातार छलफलमा छन् । दुवै जनाले जना आ(आफ्नो अडान नछोडेपछि शनिबार साँझको सत्ता गठबन्धन बैठक बिनानिष्कर्ष सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्