
काठमाडौं । नयाँ सरकार गठनका विषयमा नेकपा एमालेले पर्ख र हेरको रणनीति अपनाएको छ । सत्तारूढ गठबन्धनले कस्तो निर्णय गर्छ र आफू कहाँ उभिने भन्ने विषयमा एमालेले पर्ख र हेरको रणनीति अपनाएको हो ।
यद्यपी एमाले नेताहरु आन्तरिक छलफलमै रहेको एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले जानकारी दिए । उनले सत्तारूढ गठबन्धनको निर्णयका आधारमा पार्टीले कदम चाल्ने बताए । ‘हामीले गठबन्धनको निर्णय पर्खिरहेका छौं । नेताहरू छलफल र बैठकमा हुनुहुन्छ,’ उनले भने ।














