Logo
Logo

नयाँ गठवन्धनको ढोका खुलेसँगै राप्रपाले बोलायो अकस्मिक बैठक


2.8k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी सरकार गठनका विषयमा छलफल गर्न आकस्मिक बैठक बोलाएको छ ।

एमाले र माओवादीसहितको नयाँ गठवन्धनको ढोका खुलेसँगै त्यसमा सहभागी हुनेबारे छलफल गर्न राप्रपाले बैठक डाकेको हो ।


राप्रपा महामन्त्री भुवन पाठकले अध्यक्ष राजेन्द्र लिङदेनले ३ बजे आकस्मिक बैठक बोलाएको जानकारी दिए । विषय प्रष्ट नभए पनि आगामी सरकारकै विषयमा छलफल गर्न सक्ने उनको भनाइ छ ।

राप्रपा अध्यक्ष लिङदेनले आजै बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका थिए । त्यसपछि बसेको संयुक्त बैठकमा भने राप्रपा सहभागी छैन । ओली निवासमा एमाले र माओवादीसहित राष्ट्रिय स्वतन्त्र पार्टी र जसपाबीच वैठक बसेको छ । यदि राप्रपा सरकारमा आएको खण्डमा ओली–प्रचण्डलाई बहुमत पु¥याउन सहज हुनेछ ।

राप्रपाले यसअघि सरकारमा नजाने अडान लिँदै आएको थियो । तर, ओलीले प्रस्ताव गरेपछि लिङदेनले आकिस्मक बैठक डाकेका हुन् ।

प्रतिक्रिया दिनुहोस्