Logo
Logo

‘तिरिरि मुरली बज्यो’ नाचघरमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३१ भदौ । ‘तिरिरि मुरली बज्यो वनैमा’ बोलको गीत गुञ्जिनेबित्तिकै बरिष्ठ गायक स्व. पन्नाकाजी स्मरणमा आउँछन् । त्यही कालजयी गीतलाई चीरस्मरणीय बनाउन उनका छोरा गायकद्वय प्रवेशमान र पवित्रमान शाक्य गएको शनिबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा गुञ्जिए । उनीहरु आफ्ना बाबुको सम्झना दिलाउँदै गुञ्जिँरहँदा दर्शक पन्नाकाजीकालमा फर्किएका थिए ।

प्रवेश र पवित्र यस्ता दाजुभाई हुन्, जसले आफ्ना पिताको बाटो पछ्याउँदै मौलिक नेपाली गीतसंगीतको संरक्षणमा जुटिरहेका छन् । पन्नकाजी भन्ने गर्थे, ‘कला क्षेत्र एउटा काँडा सरी गुलाब हो । तसर्थ, यसको संरक्षण, संवद्र्धन गर्न आफ्नो क्षमता लुकाउनु हुँदैन । संगीतमा भगवान हुन्छ, यसलाई मुटुमा राख्नुपर्छ । देशलाई माया गर्नुपर्छ ।’ आफ्नो पिताको यी शब्दमा यति शक्ति छ, त्यही शक्तिले यी दुई छोरालाई पन्नकाजीकै बाटोमा डोहो¥याइरहेको छ । करिब तीन दशकको सांगीतिक यात्राको क्रममा यसरी दाजुभाई एकसाथ एकल साँझमा प्रस्तुत भएको पहिलोपटक हो । कार्यक्रममा सोचेभन्दा राम्रो भएको गायक प्रवेशमानले बताए । उनले भने, ‘कार्यक्रम हामीले सोचेभन्दा पनि राम्रो भयो ।’

बरिष्ठ गायक स्व. पन्नाकाजीको स्मृतिका अवसरमा गायक दाजुभाई ‘प्रवेशमान शाक्य, पवित्रमान शाक्य एकल’ साँझमा प्रस्तुत हुँदा तिनै कालजयी गीतका स्रष्टा पन्नाकाजीको सम्झना गराएको थियो । त्यो साँझ ढल्किँदै जाँदा प्रवेश र पवित्रको गायनले मात्र हल गुञ्जिएन, त्यो गुञ्जनभित्र नेपालमा गीतसंगीतको विकासक्रमबारे दर्शकले ऐतिहासिक जानकारी समेत पाए ।

२०२३ सालमा सर्वोत्तम साधकका रुपमा राजा महेन्द्रबाट सम्मानित पन्नाकाजी, संगीतमा नारायणगोपाल, तारादेवीको ऐतिहासिक तस्बिर मञ्चमा सजाइएको थियो । राजा महेन्द्रसँग खिचिएको ती तस्बिरले राजा महेन्द्रको कलाकारप्रतिको सम्मान झल्काउँथ्यो । साथै, हरेक गीत गाउनु अगाडि त्यसका लेखक, गीत रेकर्डिङ गरिएको सालका विषयमा समेत आफूले जानेबुझेसम्म प्रष्ट पार्ने काम गायक प्रवेशमानले गरेका थिए । यसै क्रममा तिरिरि मुरली बज्यो वनैमा भन्ने गीतको संकलक सरोजकुमार शाक्य हुन् भनेर प्रवेशले जानकारी दिए । सरोजको दुर्लभ तस्वीरसमेत गीतसँग राखिएको थियो ।

‘तिरिरि मुरली बज्यो वनैमा’ गीतको संगीत मिश्रित रोधीघर गीतबाट आरम्भ गरिएको उक्त साँझमा एक जमानामा चर्चित गीत ‘कति बस्छ्यौँ ओढी लाजको घुम्टो’ भन्ने गीतका गायक पवित्रमान भएपनि धेरैलाई त्यसको रचनाकारको नाम थाहा थिएन । उक्त गीत प्रस्तुत गर्नुभन्दा अगाडि गायक प्रवेशमानले उक्त गीतको रचनाकार भुषण खरेल भएको जानकारी दिए । लाउन त प्रित लाइदियौँका गीतकार रवीन्द्र शाह हुन् ।

प्रवेशको अर्को चर्चित गीत ‘लाउन त प्रितलाई दियौँ, यो फूलमा बहार बनि’ भन्ने गीत एकताका निकै चर्चित थियो । उक्त गीत ०४६ सालमा नेपाल टेलिभिजनमा रेकर्डिङ गरिएको हो । उक्त गीतबाट नेपाल टेलिभिजनले २५ सय पारिश्रमिक दिएको घटना सम्झँदै प्रवेशले उक्त गीतको छायाँकार जयसिंह शाहप्रति आभार प्रकट गरे ।

कार्यक्रममा प्रमुख अतिथि, अतिथिहरुलाई स्वागत गर्दा खादाको सट्टा नेवारहरुले भाइटिकामा लगाउने काँचो धागोको ‘जजंका’ माला लगाएर अभिनन्दन गरिएको थियो । नेपालको मौलिक संस्कृतिको संरक्षण गर्ने दायित्वसमेत हाम्रो काँधमा आएको बेला नेवारी संस्कृतिको जर्गेना गर्न आजभन्दा ६५ वर्ष अगाडि पन्नाकाजीले गाएको नेवारी गीत ‘वाह मैयाँ वाह’ गीत प्रवेश र पवित्रले प्रस्तुत गरेका थिए । यी दुई कलाकारको हौसला बढाउन रत्नशम्शेर थापा र यादव खरेलको उपस्थिति थियो ।

चर्चित गजलकार गुलाम अलिले गजलको रुपमा गाएको ‘किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ, नबोलेर जति हेर्छौ, त्यति हिस्सी लाग्छ’ भन्ने गीतका रचनाकार मविवि शाह हुन् । पन्नकाजीलाई उक्त गीत रेकर्डिङ गर्न महेन्द्र राजाले सन् १९६० मा कलकता पठाएका रहेछन् । त्यस गीतको मौलिकता कस्तो थियो भन्ने प्रस्तुति त्यहाँ दिइएको थियो ।

प्रवेश र पवित्र यस्ता दाजुभाई हुन्, जसले आफ्ना पिताको बाटो पछ्याउँदै मौलिक नेपाली गीतसंगीतको संरक्षणमा जुटिरहेका छन् । पन्नकाजी भन्ने गर्थे, ‘कला क्षेत्र एउटा काँडा सरी गुलाब हो । तसर्थ, यसको संरक्षण, संवद्र्धन गर्न आफ्नो क्षमता लुकाउनु हुँदैन । संगीतमा भगवान हुन्छ, यसलाई मुटुमा राख्नुपर्छ । देशलाई माया गर्नुपर्छ ।’ आफ्नो पिताको यी शब्दमा यति शक्ति छ, त्यही शक्तिले यी दुई छोरालाई पन्नकाजीकै बाटोमा डोहो¥याइरहेको छ । करिब तीन दशकको सांगीतिक यात्राको क्रममा यसरी दाजुभाई एकसाथ एकल साँझमा प्रस्तुत भएको पहिलोपटक हो । कार्यक्रममा सोचेभन्दा राम्रो भएको गायक प्रवेशमानले बताए । उनले भने, ‘कार्यक्रम हामीले सोचेभन्दा पनि राम्रो भयो ।’

सोही अवसरमा गायक पवित्रमान शाक्यको एकल एल्बम ‘धरातल’को विमोचन पनि गरिएको थियो । जुन एल्बमलाई पवित्रमानले आफ्नो अन्तिम एल्बम भएको बताएका छन् । ‘गीत र भिडियो बनाउने हो’ उनले भने, ‘तर, एल्बमचाहिँ अब निकाल्दिनँ । त्यसैले अन्तिम एल्बम भनेको हुँ ।’ एल्बम ‘धरातल’मा १७ वटा गीत समावेश छन् । ती गीतहरु अधिकांश चर्चामा आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्