Logo
Logo

एनसीसी बैंकद्वारा ‘टिच फर नेपाल’लाई ५ लाख सहयोग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३१ भदौ । एनसीसी बैंकले काठमाडौंको ‘टिच फर नेपाल’लाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले यही गएको आइतबार सहयोग प्रदान गरेको हो ।
उक्त रकमको चेक एनसीसी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत बन्दना पाठकले ‘टिच फर नेपाल’का प्रमुख कार्यकारी अधिकृत शिशिर खनाललाई हस्तान्तरण गरेकी थिइन् । सरकारी विद्यालयमा पढ्ने नेपालीलाई उच्च स्तरीय शिक्षा दिने र दुरदर्शीता वृद्धि गर्नका निम्ति बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम उपलब्ध गराएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्