Logo
Logo

सिटिजन्स बैंक र एनबिआईबीच सम्झौता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३१ भदौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेशनल बैंकिङ इन्ष्टिच्युट लि.(एनबिआई)बीच तालिम सञ्चालन गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौता पत्रमा सिटिजन्स बैंक ईन्टरनेसनल लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र नेशनल बैंकिङ इन्ष्टिच्युटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बाले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौतापश्चात सिटिजन्स बैंकका कर्मचारीको कार्यदक्षता अभिबृद्धिका लागि एनबिआईले विभिन्न विषयमा नियमितरुपमा बैंकिङ तालिमहरु प्रदान गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्