Logo
Logo

सिद्धार्थ बैंकले शेयरधनीलाई २५.२६ प्रतिशत लाभांश दिने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३१ भदौं । सिद्धार्थ बैंकले आफ्ना सेयरधनीहरुलाई २५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले आ.व २०७५ र ०७६ को नाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १५.२६ प्रतिशत नगद लाभांश समेत गरी २५.२६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
राष्ट्र बैंकबाट स्विकृतिपछि साधारण सभाले पारित गरेपछि लाभांश वितरण हुने कम्पनीका सचिव लक्ष्मण घिमिरेले बताएका छन् । बैंकको हालको चुक्ता पूँजी ८ अर्ब ८८ करोड ७६ लाख ४ हजार ५४९ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्