Logo
Logo

विमानस्थलमा हेलिकोप्टरबाट तेल चोरी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ असोज ।
त्रिभूवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट हवाई इन्धन चोरी भएको छ । पार्किङमा राखिएका दुई कम्पनीका हेलिकप्टरबाट तेल चोरी भएको हो।


प्रभु हेलिकोप्टर र हेली एभरेस्टबाट तेल चोरी भएको भन्दै उजुरी परेको छ । जसबारे अनुसन्धान भइरहेको नागरिक उडड्यन प्राधिकरणका महाप्रबन्धक राजन पोखरेलले बताए । दुई कम्पनीका हेलिकोप्टरबाट ११ सय लिटर इन्धन चोरी भएको स्रोतले उल्लेख गरेको छ।
विमानस्थलभित्रकै कर्मचारीले त्यसरी तेल चोरेर बिक्रि गरेको खुलेको छ । जससबन्धमा प्रहरीको समेत सहयोग लिएर छानबिन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्