Logo
Logo

एक महिनापछि प्रधानमन्त्री सार्वजनिक कार्यक्रममा


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, १ असोज ।
प्रधानमन्त्री केपी शर्मा करिब एक महिनापछि सार्वजनिक कार्यक्रममा सहभागी बनेका छन् । बुधबार उनी सातौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा सहभागी भए । त्यस्तै बुधार नै उनले सिंहदरवारको पुतली बगैँचामा संघीय संसदको भवन शिलान्यास गर्ने कार्यक्रम छ ।
यसअघि प्रधानमन्त्री ओली भदौ ४ गते संविधान दिवस मूल समारोह समितिको कार्यक्रममा सहभागी हुन सिंहदरवार पुगेका थिए ।


तर, प्रधानमन्त्रीले भदौ ४ पछि बालुवाटार छोडेको भने यो तेस्रो पटक हो । उनी यसअघि भदौ २५ गते त्रिवि शिक्षण अस्पताल पुगेका थिए भने भदौ २४ गते सिंहदरवारमा नेपाल भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन गरेका थिए ।

भदौ २० गते सिंगापुरबाट उपचार गरेर फर्केपछि चिकित्सकको सुझावअनुसार बालुवाटारबाटै कार्यसम्पादन गर्दै आएका प्रधानमन्त्री ओलीले सिंहदरवारमै नेपाल भारत पेट्रोलियम पाइपलाईनको उद्घाटन गरेका थिए । तर, त्यो कार्यक्रम भिडियो कन्फरेन्समार्फत गरिएको थियो ।

त्यस्तै उनी सिंगापुरमा गरिएको प्लाज्मा फेरेसिसको नसामा राखिएको ट्युव निकाल्न र इसिजी गर्न त्रिवि शिक्षण अस्पताल पुगेका थिए । त्यसबाहेक उनी अन्य सार्वजनिक कार्यक्रममा सहभागि भएका थिएनन् ।
यद्यपी प्रधानमन्त्री ओली पूर्ण स्वस्थ देखिएका छैनन् । उनी कार्यक्रममा शारिरीक रुपमा कमजोर नै देखिएका छन् । प्रधानमन्त्री ओली अब जानै पर्ने कार्यक्रममा मात्र जाने भएका छन् । स्वास्थ्यकै कारण उनी राष्ट्रसंघीय महासभामा पनि नजाने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्