Logo
Logo

प्रहरी सरुवा-बढुवा मापदण्डविपरीतबाट हुँदैन : गृहमन्त्री लामिछाने


5.9k
Shares

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन् । गृहमन्त्री लामिछानेले शुक्रबार नक्सालस्थित प्रधान कार्यालय पुगेर निरीक्षण गरेका हुन् ।

प्रधान कार्यलयको निरीक्षणपछि गृहमन्त्री लामिछानेले प्रहरीमा हुने सरुवा बढुवामा हुँदै आएको विकृति रोक्ने बताए । प्रहरी कर्मचारीको सरुवा र बढुवा मापदण्ड बाहिरबाट नहुने भन्दै उनले सरुवा–बढुवा माग्दै नेताहरुको घर घर पुगेको थाहा पाए कारबाही गर्नेसमेत बताए ।

गृहमन्त्री बनेपछि पहिलोपटक प्रहरी प्रधान कार्यालय पुगेका गृहमन्त्री लामिछानेले भने, ‘सरुवा र बढुवाको कुरा लिएर नेताका घर घर जाने कुरा अन्त्य गरिनेछ । हाम्रोलाई भन्दा राम्रो मान्छे प्राथमिकतामा पर्नेछन् ।’

राम्रो काम गर्नेलाई पुरस्कृत र प्रहरीका आचरण विपरित क्रियाकलाप गर्नेलाई दण्डित गर्ने बताउँदै उनले भने, ‘हिजोका दिनमा जे–जे भए, आगामी दिनमा कसैले पनि कानूनी विपरितका क्रियाकलाप नगरोस् ।’

उनले आफूले कुनै कुरामा दबाब नदिने बताउँदै सबै कुरा कानूनले बाँधेर गर्ने बताए । उनले प्रहरीको सेवा, सुविधा, रासन र तलब स्केल सबैको पुनरावलोकन गर्नेसमेत बताए ।

प्रतिक्रिया दिनुहोस्