परराष्ट्रमन्त्रीको रचनात्मक काम, विश्वमा देशलाई चिनाउन ‘सगरमाथा संवाद’ « Drishti News – Nepalese News Portal
Logo

परराष्ट्रमन्त्रीको रचनात्मक काम, विश्वमा देशलाई चिनाउन ‘सगरमाथा संवाद’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ असोज ।
नेपाला अन्तराष्ट्रिय स्तरका गोष्ठिहरु प्राय गैरसरकारी संस्थाको सहयोगमा हुने गरेका छन् । अब त्यो अवस्था रहेन । नेपाल सरकारले नै त्यस्तो अन्तराष्ट्रिय स्तरको मञ्च सुरु गरेको छ । परराष्ट्र मन्त्रालयले ‘सगरमाथा संवाद’ नामक मञ्च सुरु गरेको हो ।
नेपालले आफ्ना सम्भावनाका क्षेत्रहरुलाई विश्वमाझ पु(याउन ‘सगरमाथा संवाद’ नामक अन्तराष्ट्रिय स्तरको मञ्च स्थापना गरेको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बताए । ‘सगरमाथा संवाद’ राष्ट्रिय परामर्श गोष्ठीलाई बुधबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री ज्ञवालीले विगत केही बर्षदेखि विश्व थुप्रै नयाँ चुनौतीहरुसँग लडिरहेको र ती चुनौती संवादमार्फत् मात्रै समाधान हुने बताए ।

विश्व शान्ति स्थापनामा नेपालले पु¥याएको योगदानको चर्चा गर्न पनि सो मञ्च उपयोगी उनको विश्वास छ । विविध विषयमा नेपालले हासिल गरेको उपलब्धि तथा त्यसका लागि तय गरिएका नीति, कार्यक्रमबारे अन्तराष्ट्रिय समूदायलाई जानकारी गराउन सो मञ्चको स्थापना गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । २÷२ वर्षमा आयोजना हुने गरी तय गरिएको सो कार्यक्रम अन्तरगत यस वर्ष सरकारले जलवायु परिवर्तनको विषयमा छलफल गर्नेछ । मन्त्री ज्ञवालीले जलवायु परिवर्तनको असर न्यूनिकरणको लागि विश्वलाई नै अपिल गर्न नेपालले यस वर्षको ‘सगरमाथा संवाद’ कार्यक्रममा सोही विषयमा छलफल गर्न लागेको जानकारी दिए ।
जलवायू परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य शीर्षकमा आगामी चैत्र २१ र २२ गते सगरमाथा संवादको आयोजना हुँदैछ ।
परराष्ट्र मन्त्रालयले सुरु गरेको यो रचनात्मक कामको प्रशंसा भएको छ ।

प्रतिक्रिया दिनुहोस्